कोरोना सतर्कता : देशभरका अदालत आइतबारदेखि दुई हप्ताका लागि बन्द हुने

 चैत ७, २०७६ शुक्रबार १४:२६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको जोखिम बढेपछि देशभरका अदालत बन्द हुने भएका छन्।

शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण इजलासको बैठकले आउँदाे आइतबारदेखि दुई हप्ताका लागि अदालमा अत्यावश्यक बाहेकका अरु सबै काम बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले बिदाको अवधिभर अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ भने नरोकिने निर्णय गरेको छ ।

तर यस बाहेकका अरु नियमित मुद्दाको सुनुवाइ भने आउँदो २२ गतेसम्मका लागि रोकेको सर्वोच्च अदालतले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया