काेराेना सतर्कता : शुक्रबारदेखि विदेशी पर्यटकलाई पदयात्रामा रोक

 चैत ७, २०७६ शुक्रबार १४:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणकाे सतर्कताका स्वरुप नेपाल पर्यटन बोर्डले आज शुक्रबारदेखि विदेशी पर्यटकलाई पदयात्रामा रोक लगाएको छ ।  

कोरोना भाइरसको जोखिम बढ्दै गएकाले अर्को सूचना नआउँदासम्मका लागि पदयात्रामा रोक लगाएको संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले पदयात्राका लागि मुख्य सिजन भए पनि कोरोनाको जोखिमका कारण बन्द गरेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया