तीन दिनमा तीन लाखभन्दा बढीले काठमाण्डाै छाडे

 चैत ७, २०७६ शुक्रबार २०:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको जोखिम बढेसँगै काठमाण्डाै छाड्ने यात्रुको सङ्ख्या बढेको छ । गएकाे तीन दिनमा झण्डै तीन लाखभन्दा बढीले काठमाण्डाै छाेडेका छन् ।

महाशाखाका अनुसार कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले स्कुल/कलेज बन्द तथा बढी भिडभाड हुने ठाउँमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएपछि उपत्यका छाड्नेको सङ्ख्या बढेको हो । 

ट्राफिक प्रहरी महाशाखाकाअनुसार गएको मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाख जनाले उपत्यका छाडेका छन् । महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जनाएको छ ।

उपत्यका छाड्नेको सङ्ख्या बढेसँगै आज दिउँसोदेखि साँझसम्म पनि काठमाण्डौको मुख्य नाका कलङ्की-थानकोट सडकखण्डमा लामो जाम भएकाे थियाे ।

सतुङ्गलमा भइरहेकाे सडक मर्मतसँगै काठमाण्डाै उपत्यकाबाट गाउँघर जाने यात्रुको संख्या बढेकाले जाम बढेको ट्राफिक प्रहरीले जनाएकाे छ ।

सबैभन्दा धेरै बिहीबार एकै दिन उपत्यकाबाट एक लाख ८ हजार ४५८ यात्रु बाहिरिएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया