माैसम : शनिबार केही ठाउँमा पानी पर्ने

 चैत ७, २०७६ शुक्रबार २०:४०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शुक्रबार काठमाण्डौसहित पहाडी क्षेत्रमा हल्का पानी परेको छ । 

पहाडी क्षेत्रका केही ठाउँमा अहिले पनि मेघ गर्जनसहित पानी परिरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पहाडका केही क्षेत्रमा मेघ गर्जनसहित पानी परेको उहाँले बताउनुभयो । 

उहाँकाअनुसार अहिले देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । शनिबार पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने अनुमान गरिएकाे छ ।

बिहानपख मौसम खुलेर घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्  । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया