स्वास्थ्य मन्त्रालयका कर्मचारी बिदाको दिनमा समेत कार्यालय आउनुपर्ने

 चैत ७, २०७६ शुक्रबार १७:५३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई बिदाको दिनमा पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । 

काठमाण्डौ उपत्यकाभित्र रहेका मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयमा कार्यरत सह-सचिव तथा विभागीय प्रमुखलाई बिदाकाे दिनमा पनि काम निर्देशन दिइएको हो । 

मन्त्रालयले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेकाले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्यकर्मीलाई बिदाकाे दिनमा कार्यालय आएर काम गर्न र उपत्यका नछोड्न निर्देशन दिएकाे हाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया