ग्यास किन्नेको नामसहितको विवरण राख्न सबै विक्रेतालाई निर्देशन

उपभोक्ता मूल्यमा मात्र ग्यास बेच्न पाइने, नयाँ सिलिण्डर बेच्न नपाइने

 चैत ८, २०७६ शनिबार ७:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल एल.पी ग्यास उद्योग संघले अहिले ग्यास किन्नेको नामसहितको विवरण राख्न सबै विक्रेतालाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको डरका कारण पछिल्लो समय ग्यास संचित गर्नेको क्रम बढेको भन्दै संघले सूचना निकालेर ग्यास किन्नेको संख्या, बाँकी रहेको ग्यास, उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बरसहितको विवरण सम्बन्धित उद्योगमा दैनिक लिखित रुपमा बुझाउन विक्रेतालाई निर्देशन दिएको हो ।

उपभोक्ता मूल्यमा मात्र ग्यास बेच्न पाइने, नयाँ सिलिण्डर बेच्न नपाइने

यस्तै नेपाल आयल निगमले निर्धारण गरेको उपभोक्ता मूल्यमा मात्र ग्यास बेच्न पाउने र तत्काललाई नयाँ सिलिण्डर बेच्न पनि संघले प्रतिबन्ध लगाएको छ । यसैगरी घरमा दुई वटा भन्दा धेरै ग्यास नराख्न पनि संघले उपभोक्तासँग अनुरोध गरेको छ ।

ग्यास संचित गर्दा दुर्घटनाको जोखिम बढ्ने सँगै अरु कसैको घरमा चुलो नबल्ने अवस्था आउने भएकाले मा दुई वटा भन्दा धेरै ग्यास नराख्न पनि संघले उपभोक्तासँग अनुरोध गरेको हो । दुई वटाभन्दा धेरै ग्यास संचित गरेको पाइए उपभोक्ता संरक्षण ऐनमा उल्लेख भएअनुसार कारबाही हुने पनि संघले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया