कतारका राजा थानीको स्वागतमा काठमाण्डाै सिँगारियाे, सुरक्षाकर्...
बैशाख ११, २०८१ मंगलबार
रौतहट - नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इञ्चार्ज सङ्केत भनिने कुमार राई र सदस्य जगत गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो।
पक्राउ परेका राई र गुरुङको साथबाट एक थान कटुवा पेस्तोल तथा एउटा हाते ग्रिनेड बरामद गरिएको छ । राई र गुरुङमाथि आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सुराकीले दिएको सूचनाका आधारमा उनीहरुलाई मकवानपुर तथा रौतहटको सिमानामा रहेकाे जङ्गलबाट शनिबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो ।