भारतका २२ राज्यका ७५ जिल्लामा 'लकडाउन'

 चैत १०, २०७६ सोमबार १३:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतका २२ वटा राज्यका ७५ वटा जिल्लामा लकडाउन गरिएको छ । 

जनता कर्फ्यू सकिएलगत्तै आजदेखि राजधानी दिल्लीसहित २२ वटा राज्यका ७५ जिल्लामा मार्च महिनाभरीका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । 

राजधानी दिल्लीमा आज बिहान ६ बजेदेखि लकडाउन लागू गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । लकडाउनको समयमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन् । 

लकडाउनको बेला निजी प्रतिष्ठान, निजी कार्यालय तथा सार्वजनिक यातायात पूर्ण रूपमा बन्द हुनेछन् । यो बेला मानिसहरु घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन् । 

यसअघि आइतबार भारतभरी बिहानदेखि बेलुकासम्म जनता कर्फ्यू लागू गरिएको थियो । भारतमा अहिलेसम्म चार सय २५ जनामा संक्रमण भएकोमा आठ जनाको ज्यान गएको छ भने २४ जना उपचारपछि निको भएका छन् ।


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया