चीनको वुहानमा लगातार ४ दिनदेखि कोरोनाका नयाँ सङ्क्रमित भेटिएनन्

 चैत १०, २०७६ सोमबार १८:२९:८ | एजेन्सी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको चीनको वुहान शहरमा लगातार चार दिनदेखि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् । 

विश्वभर प्रकोपका रूपमा फैलिइरहेको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अन्य देशमा फैलिरहे पनि चीनमा भने नियन्त्रणतिर गइरहेको छ । वुहानमा नयाँ सङ्क्रमण नदेखिएसँगै त्यहाँका उद्योग तथा कलकारखाना खुल्न थालेका छन् । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी मी फङले पत्रकार सम्मेलन गर्दै वुहानको जनजीवन बिस्तारै सामान्य बन्दै गएको बताए । 

वुहानमा नयाँ सङ्क्रमित नदेखिए पनि चीनका अरु ठाउँमा ३९ जना नयाँ बिरामी भेटिएका छन् । अहिलेसम्म चीनमा कोरोना भाइरसबाट ८१ हजार ९३ जना सङ्क्रमित भएका छन् भने तीन हजार दुई सय ७० जनाको ज्यान गएको छ । यस्तै ७२ हजार सात सय तीन जना उपचारपछि निको भएका छन् । 

कोरोनाका कारण विश्वमा अहिलेसम्म तीन लाख ४९ हजार ९ सय ८० जना सङ्क्रमित भएका छन् । यसमध्ये एक लाख बढी उपचारपछि निको भएका छन् भने १५ हजार तीन सय ६ जनाको ज्यान गएको छ । दुई लाख ३४ हजार तनि सय २९ जनाको उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया