मङ्गलबारदेखि देश 'लकडाउन', मान्छे घरभित्रै बस्नुपर्ने, जहाज पनि नचल्ने

 चैत १०, २०७६ सोमबार २०:०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मङ्गलबारदेखि नेपाल लकडाउन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देश लकडाउन गर्ने निर्णय गरेको हो । 

मङ्गलबारदेखि सबै नागरिक घरभित्र बस्नुपर्नेछ । सुरक्षा निकाय र एम्बुलेन्स बाहेक अरु गाडी चल्न नपाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

मन्त्री नेम्वाङका अनुसार अब आन्तरिक जहाज पनि उड्न पाउने छैनन् । सञ्चारमाध्यमलाई पनि अवरोध हुने छैन ।

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • अमन

    March 23, 2020, 9:01 p.m.

    मान्यबर Lockdown भनेर बिदेशी जहाज चाही नओस । ICAO सङ डरएर कमिसनमा रमएर नेपाली जनताको स्वस्थ्य सङ खेलवाड नगर्नुस । नेपाल कहा रहन्छ नेपाली नरहे, ! सरकार, नेता अनि मन्त्री कहा रहन्छ, नेपालै नरहे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया