कोरोनाका कारण जिम्बाब्वेका ३० वर्षीय टिभी पत्रकारको ज्यान गयो

 चैत ११, २०७६ मंगलबार १०:५३:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान गएको छ । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति पनि हुन् । 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार जोरोरो माकम्बालाई गएको बिहीबार अस्पताल भर्ना गरिएको र सोमबार ज्यान गएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । 

ती पत्रकार निमोनियाका समेत बिरामी थिए । यस्तै गएको वर्ष उनको छातीबाट ट्युमर पनि निकालिएको थियो । 

ज्यान गुमाउने माकम्बाका साथी बिम्बई मुथिनहिरीले भनेकी छिन्,  ‘उनि मेरो भाइ जस्तै थिए र अफ्रिकाको आउँदो पुस्ताको बारेमा खुब ध्यान दिन्थे, तर हामीले उनलाई गुमाएका छौँ ।’ 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया