काेराेना भाइरस : यूएईमा भिसा अवधि सकिएको भए कानुनी रुपमा नै बस्न पाउने व्यवस्था

 चैत ११, २०७६ मंगलबार १०:५४:११ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएईमा घुम्न जानुभएको छ र भिसा अवधि सकिंदा नि स्वदेश फर्कन नपाएर चिन्तामा हुनुहुन्छ ? यस्तो अवस्थामा रहेका पर्यटकलाई यूएईले कानुन अनुसार नै बस्न पाउने बताएको छ ।

अहिले कोरोना भाइरसको सङक्रमणका कारण विभिन्न देशले उडान रद्द गरेको र प्रवेशमा पनि प्रतिबन्ध लगाएका कारण नेपालीसहित अरु देशका नागरिक पनि आफनो देश फर्कन सक्ने अवस्था छैन ।

त्यसैले यस्तो अवस्था हुने विदेशी नागरिकलाई समय थप गरिदिने र कानुनअनुसार नै बस्न पाइने यूएईको सरकारी निकायले जनाएको छ । यसका लागि केही दिनमै नयाँ प्रावधान जारी गर्ने भएकाले नआत्तिन यूएईले आग्रह गरेको छ । यस विषयमा छलफल भइरहेको र कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न यूएईमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

2 Comments

  • Arbindsingh Bist

    March 27, 2020, 3:30 p.m.

    म दुबै मा छु मेराे समस्या म असाेस्थ छु र म काम गरि रहेकाे कमपनि ले मेडिकल गराएकाे छैन म सङग मेडिकल गराउनेपैषा नि छैन का जाने त्याेपनि था छैन म भिजिटमा दुबै अाकाे हु अब मैले केगरने मलाइ बचाउनु पर्याे राजदुत महाेदय

  •  0 Reply
  • Manoj kumar

    March 24, 2020, 4:49 p.m.

    हामी हाम्रो रहरले बस्न चाहेका छैनौं / भिसा सकिनु अगाडि नै आफ्नो मुलुक फर्कन चाहन्थेँ/ यस्तो अवस्थामा हामीसंग रोजगार छैन , खाना खाने पैसा जुटाउने कि भिसा थप्न पैसा जुटाउने ??मानवता दर्शाउने गरि यु ए इ सरकारले निर्णय लिओस, हाम्रो इच्छा यति हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया