अमेरिकी डलर अहिलेसम्मकै महँगो

 चैत ११, २०७६ मंगलबार ११:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी डलर मङ्गलबार अहिलेसम्मकै महँगो भएको छ ।

मङ्गलबारका लागि १ अमेरिकी डलरको बिक्री मूल्य नेपाली एक सय २२ रुपैयाँ ३४ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै १ अमेरिकी डलरको खरिद मूल्य एक सय २१ रुपैयाँ ७४ पैसा तोकिएको छ । 

डलर महँगो हुँदा रेमिट्यान्स पठाउनेलाई फाइदा भए पनि यसले समग्र अर्थतन्त्रमा भने असर गर्ने अर्थविद्हरु बताउँछन् । नेपालको निर्यात भन्दा आयातको मात्रा धेरै बढी छ, त्यसै कारण डलर बलियो हुँदा व्यापार घाटा झनै बढ्ने सम्भावना हुन्छ । 

भारतीय रुपैयासँग नेपालको स्थिर विनिमय दर रहेका कारण अन्तर्राष्ट्रिय बजारमा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको प्रभाव स्वतः नेपाली रुपैयाँमा पनि पर्ने गरेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया