बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
कास्की - कोरोना भाइरस संक्रमणको बेला धर्मको प्रचार-प्रसार गर्ने एक जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने जुम्ला घर भएर हाल पोखरा महानगर-३२, खुदी सुकुम्बासी टोल बस्दै आएका केशव आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पोखरा महानगरपालिका २९ पावर हाउसबाट नियन्त्रणमा लिइएको हो ।
राज्यले नै चासो दिएको विषयमा सर्वसाधरणलाई यशुको नाम लिएर भ्रम सिर्जना गरेकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।
अहिले कोरोनाको सन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर रहेको बुझिएको छ । धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।
Dinesh Shrestha
March 24, 2020, 2:44 p.m.हिन्दु, बुद्दिष्ट लगायतका धर्मका धर्मभिरु गुरुबाट पनि यस्तै हर्कतहरु भएका छन्, जुन सोसल मिडियामा आइरहेका छन् । हिम्मत भए सरकारले तिनीहरुलाई पनि पक्रेर थुनोस् । होइन भने यो नाटक नगरेकै बेस होला ।