उज्यालो रेडियोको काम पनि अब घर घरको एकान्तवासबाटै

 चैत ११, २०७६ मंगलबार १५:३२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बुधबारदेखि उज्यालो रेडियो नेटवर्कका सबै पत्रकारले रेडियो र अनलाइनका काम एकान्तवासबाट गर्ने भएका छन ।

कोरोना भाइरसको संक्रमणबाट आफू बच्ने र अरुलाई संक्रमण हुन नदिने उद्देश्यले सबै पत्रकारले आ-आफ्नै घरको एकान्तवासमा बसेर समाचारहरु उत्पादन गर्ने र स्टुडियोमा एकान्तवास बसेका प्राविधिकले प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।

केही दिनका लागि रेडियो कार्यक्रमहरु स्थगित गरेर खबर बुलेटिनहरु घरबाटै उत्पादन गरिने उज्यालो रेडियो तथा उज्यालो अनलाइनका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिनुभयो ।

उज्यालो अनलाइनको काम सोमबारदेखि नै एकान्तवासबाट गर्न थालिएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिसकेको र नेपालमा पनि उच्च जोखिम देखिएकाले पत्रकार तथा कर्मचारीको सुरक्षा तथा स्रोता र पाठकका लागि विश्वसनीय खबर र सूचना उज्यालोको मुख्य प्राथमिकता रहेकोले यस्तो निर्णय गरिएको उज्यालोको व्यवस्थापनले जनाएको छ ।

अर्को जानकारी नआएसम्म उज्यालो घरमा प्राविधिक र सरक्षाकर्मी गरी ३ जना एकान्तवासमा रहने र यी ३ जनाको स्वास्थ सुरक्षाका लागि अरु पत्रकार तथा कर्मचारीलाई आ-आफ्नै घरमा एकान्तवासमा रहेर काम गर्न, कार्यालयमा नआउन र स्वास्थ जोखिम हुने कुनै काम नगर्न भनिएको छ । 

कोरोना भाइरस (कोभिड - १९)को संक्रमणबाट बच्न उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनको काममा सावधानी अपनाइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया