भारतमा रहेका नेपालीलाई आफू बसेको ठाउँ नछाड्न दूतावासको आग्रह

 चैत ११, २०७६ मंगलबार १६:५१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा रहेको नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आफू बसेको ठाउँ नछाड्न अनुरोध गरेको छ । 

कोरोनाको माहामारी फैलिएको अवस्थामा भारत सरकारले लागू गरेको कर्फ्यु र ‘लकडाउन’ आदेश तथा सूचनाको पूर्ण पालना गर्न दुतावासले सूचना निकालेर अनुरोध गरेको हो । 

भारतमा अहिलेसम्म पाँच सय ११ जनामा कोरोना सङ्क्रमण भएको छ भने १० जनाको ज्यान गइसकेको छ । भारतका विभिन्न २२ राज्यका ७५ जिल्लामा ‘लकडाउन’ गरिएको छ  । 

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • सन्दिप बराल

    March 24, 2020, 7:35 p.m.

    जाने त ठाउनै रहेन सबैतिर लकडाउन छ तर आसवासनको कनै कुरा आएनि सरकार

  •  0 Reply

तपाईको प्रतिक्रिया