नेपाल-भारत सीमामा रहेका नेपाली नेपाल आउन पाउने

 चैत ११, २०७६ मंगलबार १७:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -नेपाल–भारतको सीमामा आइपुगेका नेपाली नागरिक नेपाल आउन पाउने भएका छन् । 

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पूर्वदेखि पश्चिमसम्मका नाकामा सयौं नेपाली अलपत्र परेकाले उनीहरुलाई नेपाल आउन दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले निर्णयबारे जानकारी दिनुभएको छ । 

उनीहरु सबैलाई प्रदेश सरकारले पालिकाहरुसँग समन्वय गरेर अनिवार्य क्वारेन्टाइनमा राख्नैपर्ने निर्णय पनि गरिएको उहाँले बताउनुभयो । बैठकले ‘लकडाउन’लाई सफल बनाउन सहयोग गरेकोमा नागरिकलाई धन्यवाद दिएको छ । 

नागरिकको सुरक्षाको लागि सरकारले गरेको लकडाउनमा नागरिकले साथ दिएर सरकारलाई काम गर्न सजिलो बनाइदिएको मन्त्री खतिवडाको भनाइ छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया