कोरोना नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशद्वारा ११ करोड ५० लाख विनियोजन

 चैत ११, २०७६ मंगलबार २०:२६:१९ | विमल बिष्ट
unn.prixa.net

डोटी - कोरोना भाइरस (कोभिड-१९ ) को रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले ११ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रदेश सरकारको मङ्गलबार बसेको आकस्मिक बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र जोखिम न्यूनीकरण गर्न बजेट विनियोजन गरेको हो। 

सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अञ्चल अस्पताल आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका सबै पालिकामा कोरोनाको जोखिम न्यूनीकरणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत उप-महानगरपालिकालाई ५ लाख, नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ ।

मन्त्रिपरिषद्ले सुदूरपश्चिम प्रदेशका सीमामा रोकिएका नेपालीहरूलाई लगत सङ्कलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारहरूलाई बुझाउने र क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । 

कोरोना भारइसको विपद्लाई मध्यनजर गरी प्रदेश राहत कोष व्यवस्थापनमा मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक दिने निर्णय गरिएको पनि प्रमुख स्वकीय सचिव ओलीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया