२ हप्तासम्म नियमित जाँच र शल्यक्रिया नगर्न निर्देशन

 चैत ११, २०७६ मंगलबार १९:४२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले दुई हप्तासम्म नियमित जाँच र शल्यक्रिया नगर्न निर्देशन दिएको छ । 

मङ्गलबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले अबको दुई हप्तासम्म नियमित स्वास्थ्य जाँच र शल्यक्रिया नगर्न निर्देशन दिएको जानकारी गराएको हो । यस्तै दुई हप्तासम्म होल बडीको पनि जाँच नहुने भएको छ । 

तर दीर्घ रोगी र रुघाखोकी लागेका बिरामीलाई भने फिभर क्लिनिक भएका अस्पतालमा स्वास्थ्य जाँच गरिने मन्त्रालयले जनाएको छ । उनीहरुको नमुना परीक्षण गर्न भने टेकुमा पठाइने छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया