टोकियो ओलम्पिक स्थगित

 चैत ११, २०७६ मंगलबार १९:४७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आउँदो जुलाई महिनामा हुने भनिएको टोकियो ओलम्पिक स्थगित भएको छ । 

आज बसेको आयोजकको बैठकले कोरोनाका कारण जापानको टोकियोमा हुने भनिएको ओलम्पिक अर्को वर्षको लागि सार्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।ओलम्पिक स्थगित भएसँगै आयोजक, टेलिभिजन र स्पोन्सरलाई करोडौं डलर घाटा हुने जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

जापानले २/३ महिना पर धकेलेर भए पनि यसै वर्ष ओलम्पिक गर्ने अडान लिएपनि अष्ट्रेलिया, बेलायत र क्यानेडाले ओलम्पिक सार्नुपर्ने भन्दै खेलाडी नपठाउने घोषणा गरेपछि सार्न दबाव पुगेको थियो । 

जापानी प्रधानमन्त्री सिन्जो आवेले अन्तराष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक सार्न सहमति जनाएपछि प्रतियोगिता एक वर्षका लागि सारिएको हो । 

जापान सरकारले ओलम्पिक एक वर्षका लागि सार्न अनुमति मागेकोमा आईओसीका अध्यक्ष थोमस बाकले सहमति जनाएका हुन्। यस्तै टोकियो पाराओलम्पिक पनि एक वर्षका लागि सरेको छ ।

कोरोनाका कारण टोकियो ओलम्पिक सार्न चौतर्फी दबाव आएको थियो । क्यानडा, अष्ट्रेलियाले खेलाडी नपठाउने बताएको थिए । बेलायतले पनि ओलम्पिक सार्न आग्रह गरेको थियो भने अमेरिकी खेलाडी तथा एथ्लेटिक्स संघले टोकियो ओलम्पिक सार्नुपर्ने बताएको थियो ।

 जापानले केही दिन अगाडिसम्म प्रतियोगिता तोकेको मितिमा नै हुने बताउँदै आएको थियो । जुलाई २४ देखि अगष्टको पहिलो सातासम्म हुने प्रतियोगिता अब अर्को वर्ष हुने भएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया