‘लकडाउन’को दोस्रो दिन, देशभरको अवस्था सामान्य

 चैत १२, २०७६ बुधबार ९:२१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ‘लकडाउन’को दोस्रो दिन आज देशभरिको अवस्था सामान्य छ । सडकमा अत्यावश्यक बाहेकका गाडीहरु चलेका छैनन् । 

अत्यावश्यक सेवाका र केही अत्यन्तै जरुरी काममा रहेका रहेका बाहेकका गाडीलाई  चल्न रोकिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सार्वजनिक गाडी भने कुनै पनि चलेका छैनन् । ‘लकडाउन’का बेला घरबाट निस्कन पनि पाइँदैन । 

घरबाट निस्किए वा गाडी चलाए सरकारले कानुनअनुसार एक महिनादेखि ६ महिनासम्म जेल सजाय वा जरिवाना वा दुवै सजाय गर्न सक्नेछ । हिजो देशभरबाट ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ परेका छन् भने साढे १५ सय भन्दा धेरै चालक कारबाहीमा परेका छन् । 

हिजो मोटरसाइकल, स्कुटर, जीप र गाडीलगायत एक हजार पाँच सय ७१ वटा गाडी नियन्त्रणमा लिइएको थियो । 

यस्तै ‘लकडाउन’मा घरबाहिर निस्किएका कपिलवस्तुबाट १४, रुपन्देहीबाट ७, झापाबाट ८, सुनसरीबाट ४, पर्साबाट तीन, सिराहा र कञ्चनपुरबाट २, २ तथा धनुषाबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

अरु विभिन्न ठाउँबाट केहीलाई नियन्त्रणमा लिएको भएपनि केहीबेर सम्झाइबुझाइ गरेर छाडिएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया