प्रतिनिधिसभाको बैठक आउँदो चैत २३ गतेसम्मको लागि स्थगित

 चैत १२, २०७६ बुधबार १२:२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधिसभाको बैठक आउँदो चैत २३ गतेसम्मका लागि स्थगित भएको छ । 

चैत १३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गरेर स्थगित भएको हो । 

देशभरि आवत जावतमा प्रतिबन्ध लगाएका कारण चैत २३ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सङ्घीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया