कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।
उनी विदेशबाट आएका थिए या नेपालमै बसिरहेका थिए भन्नेबारेमा अस्पताल र मन्त्रालयले खुलाएको छैन ।
यसअघि एक जनालाई कोरोनाको सङ्क्रमण देखिएर निको भएको थियो भने चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा पनि सङक्रमण देखिएको थियो ।