कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भि...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – बिहीबार पश्चिमी, मध्य र पूर्वका पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले पश्चिमसहित मध्य र पूर्वको पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अरु ठाउँमा भने बादल लाग्दै घाम लाग्नेछ । आज राति पश्चिमी क्षेत्रका केही र पूर्वको एक दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।