कोरोना भाइरस : अमेरिकामा एकैदिन १० हजारभन्दा बढी सङ्क्रमित थपिए

 चैत १३, २०७६ बिहिबार ९:२७:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६८ हजार दुई सय तीन पुगेको छ । 

त्यस्तै भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २७ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाले ज्यान गुमाएका हुन् । 

कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्याको आधारमा अमेरिकामा तेस्रो नम्बरमा पुगेको छ । चीन र इटलीपछि सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा देखिएका हुन् । 

अमेरिकाको न्युयोर्क शहरका गभर्नरले शहरमा सङ्क्रमण रोक्न कडा कदम उठाइएको र त्यसको प्रभाव पनि देखिएको बताएका छन् । उनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल पुग्नेको सङ्ख्या घटेको छ । 

अमेरिकामा कोरोना भाइरसका सबैभन्दा बढी सङ्क्रमित न्युयोर्कमा देखिएका छन् । जहाँ कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा बढी छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया