वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
धनुषा - धनुषाको शहीद नगरपालिकामा एक व्यक्तिको हत्या अभियोगमा एक महिलासहित दुई जना पक्राउ परेका छन।
नगरपालिकाको वडा नम्बर ३ बस्ने ६० वर्षीय राजकिशोर मण्डलको हत्या अभियोगमा उनकी पत्नी कौशिलादेवी र वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार मण्डललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आफ्नै घरको कोठामा सुतिरहेका राजकिशोरमाथि फागुन २७ गते होलीका बेला हत्या गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।