प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
चितवन- काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा मृतककाे संख्या ७ पुगेकाे छ भने घाइतेकाे संख्या २३ पुगेकाे छ ।
ज्यान जानेमा काठमाडाैंका रविन गुरुङ, तनहुँ केवशटारका बावुराम तिवारी, तनहुँ भानु-५ का सुमित श्रेष्ठको पहिचान भएकाे छ भने अन्य ४ जनाकाे पहिचान हुन भने पहिचान खुल्न सकेको छैन ।
अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ र उद्दारको काम पनि भइरहेको बताइएकाे छ ।
दुर्घटनामा जम्मा कति जनाको ज्यान गयो भन्ने बारे यकिन भइसकेको छैन ।
मुग्लिन र कुरिनटारको बिचमा बस खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ६ ख २५०६ नम्बरको बसलाई ट्रकले ठक्कर दिंदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।