कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ - कोरोना भाइरस संक्रमणको कारण देखाउँदै फ्रान्सले इराकमा तैनाथ सैनिकहरुलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको छ ।
इराकी सैनिक कमान्डले फ्रान्सेली सैनिक टुकडी फिर्ता हुने घोषणा गरेको हो । इराकी सरकारको समन्वयमा गठबन्धन सेनाले इराकमा तैनाथ आफ्ना फौजको कार्यशैलीमा फेरबदल गर्न लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । इराकी फौजसँगका सबै तालिम कार्यक्रमहरु निलम्बन गर्ने निर्णय भएको हो
फ्रान्समा हालसम्म कोरोनाभाइरसका कारण २५ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक हजार ३३१ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २२ हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।