नागढुङ्गा-कलङ्की सडकखण्डमा किटनाशक औषधि छरियो

 चैत १३, २०७६ बिहिबार १५:८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ प्रवेशको मुख्य नाका नागढुङ्गा-कलङ्की सडकखण्डमा किटनाशक औषधि छरिएको छ ।

चन्द्रागिरी नगरपालिका र थानकोटमा रहेको सेनाको टोलीले बिहिबार नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक किटनाशक औषधि छर्केका हुन् ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा किटनाशक औषधि छर्किएको जानकारी दिनुभयो । 

‘किटनाशक औषधि छर्किएसँगै मुख्य राजमार्गमा हुने कीटाणु उड्न पाउँदैनन्’, उहाँले भन्नुभयो । नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै आज बिहानैदेखि नगरपालिकाभित्र माइकिङ गरिएको उहाँले जानकारी दिनुभयो ।  नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनसमेत गर्न थालेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया