भारतबाट बझाङ आएका ११५ जना क्वरेण्टीनमा: ७० जना सम्पर्कविहीन

 चैत १३, २०७६ बिहिबार १५:३५:३५ | डीबी बिष्ट

बझाङ - भारतबाट बझाङ पुगेका १ सय ८५ जनामध्ये १ सय १५ जना मात्रै क्वरेण्टीनमा बसेका छन् । ११५ जना स्थानीय सरकारको सम्पर्कमा आएका भए पनि अन्य ७० जना भने सम्पर्कमा नआएर सिधै घर गएको पाइएको छ ।

इलाका प्रहरी कार्यलय स्याँडीले ती १ सय ८५ जना भारत तथा कैलालीबाट बझाङमा आएका बताएको छ । सबै पालिकाहरुको क्वरेण्टीनमा गरी जम्मा ११५ जना मात्रै बसेका स्वास्थ्य कार्यालयका माहामारी नियन्त्रण फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायण जोशिले जानकारी दिनुभयो ।

बाँकी ७० जना सम्पर्क नै नगरेर सिधै आआफ्नो घर गएको हुनसक्ने जोशीकाे भनाइ छ । थलारा गाँउपालिकाका स्वास्थ्य संयोजक पदम ओलीका अनुसार अहिलेसम्म थलारा गाँउपालिकाले निर्माण गरेको क्वरेण्टीनमा ४२ जना मात्रै छन् ।

जसमा २ जना डोटीको आदर्श गाँउपालिकाका, एक महिला छबिसपाथिभेरा गाँउपालिकाको र बाँकी ३९ जना एकै वडाका रहेका छन् । उनीहरु मात्रै सम्पर्कमा आएका कारण स्वस्थ्यकर्मी, जनप्रतिनीधीहरुले उनको रेखदेख गर्ने गरेको ओलीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया