दैनिक उपभोग्य वस्तु स्टोर र बिक्रेताको भ्यानमार्फत उपभोक्तासम्म पुर्याउन निर्देशन

 चैत १३, २०७६ बिहिबार १६:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति सहज रुपमा गरिदिन बिक्रेता र स्टोरहरुलाई निर्देशन दिएको छ ।

काठमाडौ उपत्यका भित्रका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर र बिक्रेताले आ आफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तु उपभोक्तासम्म पुर्याउन निर्देशन दिइएको हो ।

गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गरिदिन निर्देशन दिएको हो । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आवश्यक पर्ने डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने निर्णय पनि गरेको छ ।

यस्तै उपत्यका बाहिरका स्टोर तथा बिक्रेताको हकमा पनि यहि नियम लागू हुने विज्ञप्तिमा उल्लेख छ । यस बाहेक दैनिक उपभोग्य वस्तुको अभाव भए मन्त्रालयको ११४९ नम्बरमा फोन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया