बैतडीमा क्वरेण्टीनमै स्वास्थ्यकर्मीमाथि हातपात

 चैत १३, २०७६ बिहिबार १८:५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी - बैतडीको पुर्चाैडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चैडीे नगरपालिकाले स्थापना गरेको क्वरेण्टीनमा कार्यरत अहेव करनसिंह धामीमाथि हातपात भएको हो । 

भारतबाट आएकालाई नगरपालिकाले सञ्चालन गरेको क्वरेण्टीनमा राखेपछि अहेव धामीमाथि हातपात भएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिनुभयो ।  

स्थानीय नरेन्द्र जागरीले आफ्ना छोरालाई  क्वरेण्टीनमा किन राखेको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात गरेको उहाँले बताउनुभयो । बुधबार नरेन्द्रका छोरा सुनिलसहित ७ जना राति भारतबाट घर फर्किएका र उनीहरुलाई  पुर्चौडी नगरपालिका ५ भूमिराज माध्यमिक विद्यालय काटैमा स्थापना गरेकोे क्वरेण्टीनमा राखिएको थियो ।

भारतबाट आएकाहरुलाई स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले  क्वरेण्टीनमा  राखेका र् कोरोना भाइरसको संक्रमण भित्रिन नदिन  चौबीसै घण्टा आफ्नो ज्यानको बाजी लगाएर काममा खटिएका स्वास्थ्यकर्मीमाथिको कुटपिट निन्दनीय भएको भन्दै नगरपालिकाले बिहीबार विज्ञप्ति समेत निकालेको छ । दोषीलाई कडा कारबाही गर्न नगरपालिकाको माग छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • Sing gurung

    March 26, 2020, 6:32 p.m.

    दाेसीलाई कडा कार्वाही हुनु पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया