सुर्खेतमा थप आठ जनालाई क्वरेन्टीनमा राखियो

 चैत १३, २०७६ बिहिबार १९:५९:५० | मुना हमाल
unn.prixa.net

सुर्खेत - सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा काठमाण्डौ र भारतबाट आएका थप  आठ जनालाई क्वरेन्टीनमा राखिएको छ । उनीहरुलाई वीरेन्द्रनगर-६ मा रहेको जनक माविमा क्वरेन्टीनको व्यवस्था गरेर राखिएको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार उनीहरु आफूहरु भारत र काठमाण्डौबाट आएको भन्दै सम्पर्कमा आएका थिए । 

यसअघि प्रदेश सरकारले भारतबाट फर्की आएका एकसय २ जनालाई क्वरेन्टीनमा राखिसकेको छ । साथै वीरेन्द्रनगर नगरपालिकाले भारत तथा अन्य देशबाट आएका १७ जनालाई होम क्वरेन्टीनमा राखेको जनाएको छ  । 

सरकारले गरेको लकडाउन उल्लंघन गरेको भन्दै सुर्खेतमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ भने ६१ गाडीलाई पनि नियन्त्रणमा लिइएको डीएसपी रवी रावलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया