प्रधानमन्त्री ओली अस्पताल भर्ना

 चैत १४, २०७६ शुक्रबार ८:५९:३१ | सजना तिमल्सिना
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । उहँँको मुटुको धड्कन बढ्ने समस्या देखिएपछि मनमोहन सेन्टर पुर्‍याइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई अहिले मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राखिएको छ । स्रोतका अनुसार उहाँमा मिर्गौलाको समस्या नभइ उच्च रक्तचापको समस्या भएपछि अस्पताल लगिएको हो । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गर्ने तयारी भएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्यासिंह शाहले बताउनुभएको छ ।

यसअघि गएको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओलीलाई ३० गते अस्पतालबाट सरकारी निवास बालुवाटार फर्काइएको थियो ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया