आलु, प्याज महंगो मूल्यमा बिक्री गर्ने ११ जना पक्राउ

 चैत १४, २०७६ शुक्रबार १४:४:१८ | रासस
unn.prixa.net

धनुषा - 'लकडाउन'को अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामान बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ । 

बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिचार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरूले प्रतिकिलो ४५ रुपैयाँमा पाइने आलु प्याज ८० रुपैयाँमा, प्रति सिलिण्डर एक हजार ३५० रुपैयाँमा पाइने खाना पकाउने ग्यास एक हजार ७०० रुपैयाँमा र ५० रुपैयाँको रिचार्ज कार्ड  ६० रुपैयाँमा बिक्री गरिरहेको समयमा जनकपुरका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

विगत केही दिनदेखि जनकपुरधाममा हरियो तरकारीको पनि मूल्यमा अप्रत्याशितरूपमा वृद्धि भएको छ । काउली प्रतिकिलो ५० रुपैयाँमा, हरियो खुर्सानी प्रतिकिलो रु २४० र त्यही अनुपातमा अन्य तरकारीको पनि मूल्यमा वृद्धि भएको उपभोक्ता पशुपतिनाथ झाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया