'लकडाउन'पछि दैलेखको नमुना बस्तीमा खाद्यान्न संकट

 चैत १४, २०७६ शुक्रबार १५:५८:२७ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखको नारायण नगरपालिकामा रहेको नमुनाबस्तीका बादी समुदाय खाद्यान्न संकटको चपेटामा परेका छन् ।

मालवाहक ट्रकमा सामान लोडअनलोड गरी दैनिक गुजारा गर्ने नमुनाबस्तीका बादी समुदाय खाद्यान्न संकटमा परेका हुन् । यहाँका६३ घरका झन्डै एक सयभन्दा बढी मजदूरहरु 'लकडाउन'पछि कामविहीन भएका छन्  । 'लकडाउन'का कारण अहिले बिहान बेलुकाको छाक टार्न समेत मुस्किल भएको नमुना बस्तीकी पवित्रा बादीले बताउनुभयो । 

‘गाडी आउन छाडेपछि हाम्रो गाँस खोसियो, रोगले त कुन्नि भोकले मरिने भइयो’, उहाँले भन्नुभयो । 

नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले नमुनाबस्ती लगायतका अन्य बस्तीमा 'लकडाउन'कै कारण संकटमा परेका मजदुरका परिवारलाई खाद्यान्न प्रदान गर्ने तयारी भएको बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया