कोरोनाका अर्का बिरामी भेटिए, संख्या ४ पुग्यो

 चैत १४, २०७६ शुक्रबार १९:२६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ ।

संक्रमण पुष्टि भएका ३४ वर्षका पुरूषको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  उनी गएको चैत ११ गते दुबईबाट फर्किएका बुझिएको छ । 

यसअघि कोरोनाका १ जना बिरामी निको भइसकेका छन् भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

1 Comments

  • हरिनन्दन

    March 28, 2020, 6:49 a.m.

    जब उडान हरु बंद छ भने बिदेश बाट मान्छे कसरी आइरहेकाछन?

  •  0 Reply

तपाईको प्रतिक्रिया