‘लकडाउन’ नटेर्नेलाई समात्न प्रहरीले उपकरण चलाउन थाल्यो

 चैत १४, २०७६ शुक्रबार २०:२८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोनाको संक्रमण रोक्नको लागि सरकारले देशैभर ‘लकडाउन’ गरिरहेको छ । कतिपय व्यक्तिले लकडाउन उलंघन गर्न थालेपछि प्रहरीले पक्राउ गरिरहेको छ । 

पक्राउ गर्दा प्रहरीले व्यक्तिलाई समात्ने गरेको र यसबाट स्वयं व्यक्ति र प्रहरी नै असुरक्षित हुने डर थियो । तर प्रहरीले मान्छे समात्न नयाँ उपकरण प्रयोगमा ल्याएको छ । प्रहरीले रेस्क्यू र एरेस्टेड उपकरण प्रयोगमा ल्याएको हो। त्यस उपकरण मार्फत व्यक्तिलाई नछोइकनै प्रहरीले पक्राउ गर्न सक्नेछ । 

‘हामीले पनि ड्युटी गर्दा सुरक्षित भएर गर्नुपर्छ, त्यसैले यो उपकरण प्रयोगमा ल्याएका छौँ, अब हामीले यस्ता उपकरणको माध्यमबाट पक्राउ गर्नेछौँ ।’ महानगरीय प्रहरी कार्यालय रानी पोखरीका एसएसपी श्याम ज्ञवालीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

यस्ता उपकरण प्रहरीसँग पर्याप्त भएको भन्दै उहाँले लकडाउन नटेर्नेलाई यस्तै उपकरणले नियन्त्रणमा ल्याइने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया