यूएईमा थप दुई नेपालीसहित ७२ जनामा कोरोना संक्रमण

 चैत १५, २०७६ शनिबार ६:२०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

युएई - संयुक्त अरब इमिरेट्स (यूएई) मा फेरि दुई जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार ७२ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको हो । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ नेपाली सहित ७२ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको यहाँका स्थानीय संचारमाध्यम गल्फन्युज ( https://gulfnews.com/uae)  ले लेखेको छ। 

मन्त्रालयका अनुसार ईमाराती सहित, श्रीलंका ,जोर्डन, प्यालेष्टाइन ,इरान ,कोमोरोस ,चीन ,साउदी अरब , काजकिस्तान , सर्बीया ,ग्रीस ,उरुग्ये ,रोमानिया स्विेडन ,दक्षिण अफ्रिका ,इराक ,यमन ,इथोपिया ,,बेलायत ,पाकिस्तान  लेबनान भारत र बंगलादेशका नागरिक गरि ७२ जनामा संक्रमणको पुष्टि भएको छ ।

संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।  

यूएईमा हालसम्म ४ सय ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार शुक्रबार एक पाकिस्तानी र दुई जना बंगलादेशी नागरिक सहित ३ जना उपचारपछि निको भएका छन् । यो सँगै यूएईमा उपचार पछि निको हुनेको संख्या ५५ पुगेको छ । त्यसरी निको हुनेमा यस्अघि दुई जना नेपाली पनि थिए ।

यसैबीच यूएईमा तीन दिनका लागि लकडाउनको घोषणा गरिएको छ । यूएई सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरसफाई तथा निर्मलीकरण अभियानका लागि लकडाउन गरेको जनाएको छ । दिनभर भिडभाड हुने सार्वजनिक स्थल , बजार, तथा औधोगिक क्षेत्र बन्द गरिए पनि अत्यावश्यक सेवा भने नियमित सन्चालन हुँदै आएको छ । बिहीवार देखी आइतबार सम्म रातको ८ बजे देखी बिहान ६ बजे सम्म पूर्ण रुपमा युएई लकडाउन गरिएको छ ।  

सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,बैकका कर्मचारी, विमानस्थल कर्मचारी तथा तोकिएका क्षेत्रका व्यक्ति बाहेकका मानिस अनावश्यक घर बाहिर निस्किए जरिबाना सहित जेल चलान गरिने व्यवस्था भएकोले यूएईमा एकान्तवास पूर्ण रुपमा पालना गरिएको छ ।

कोरोना सङ्क्रमणको प्रभाव यूएईमा कार्यरत अरु नेपाली श्रमिकमासमेत पर्न थालेको छ । कतिपय कम्पनीले वार्षिक बिदा लिएका श्रमिकको तालिकामा परिवर्तन गरेका छन् भने कतिपयले बेतलबी बिदामा बस्न आग्रह गरेका छन् । यहाँका स्थानीय सपिङ सेन्टर, मल तथा बजार क्षेत्र बन्द छन् । तर बजारमा खाद्य सामाग्री भने नियमित पाइएको छ ।

यहाँ रहेका नेपाली कामदारको अवस्था, सतर्कता अपनाउन गरिएका पहल लगायतका विषयमा दूतावासले दैनिक रुपमा परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा अध्यागमन विभागलाई ब्रिफिङ गरिरहेको दूतावासले जनाएको छ ।

दुतावासले प्राय हरेक दिन कोरोना बारे बुलेटिन स्वरुप सूचना जारी गर्दै यहाँ कार्यरत नेपालीलाई सतर्कता अपनाउन तर नआत्तिन अनुरोध गर्दै आइहेको छ । कुनै समस्या परे दूतावासमा सिधै संपर्क गर्न भन्दै दुतावासले आफ्ना सबै कुटनीतिक कर्मचारीका नम्बरहरु समेत सार्वजनिक गरेको छ ।  

यूएईमा कोरोना संक्रमित सबै देशका नागरिकलाई यूएईले आफ्नै नागरिक सरह उपचार गर्ने गरेको निको भएर आफ्नो दैनिकीमा फर्किएकाहरुले बताएका छन् ।  

अन्तिम अपडेट: चैत १३, २०८०

4 Comments

  • Leede

    March 31, 2020, 9:21 p.m.

    Please provide the name,address of Nepalese nationalities who are suspected with this globally pandemic .... working in UAE. Please donot share your gossips to increase your TRP.Being in the field of journalism,give the accurate n proper information.Let our guardian,parents and loved ones stay without crossed fingers for us. HOPE this can be closely monitored by related government sector.

  •  0 Reply
  • Luktisan shreesh

    March 28, 2020, 4:07 p.m.

    This is not lock down still i have a duty and to many people working out side

  •  0 Reply
  • भक्त

    March 28, 2020, 12:22 p.m.

    म यहाँ दुबई मै छु समाचार जस्तो सरल चाहिँ महसुस यहाँ छैन lockedown गरिएको भन्ने चाहिँ महसुस भएन नर्मल मानिस हरु बाहिर फेर घुमिरहेको देखिन्छ पुलिस ले कार्वाही गरेको पाइएन। अर्को कुरा राती को भने कडाइ गरेको रे । कोहि कम्पनी ले लेवर काममा लगाइ रहेका पनि देखिए। ह यदि सरकार ले पुर्णतय बन्द कोहि बाहिर निस्कन बन्द भन्यो भने यहाँ कोहि निस्कने वाला छैनन् किन कि कानून को पालन याहा राम्ररी हुन्छ। तेसैले शक्ति सरकार ले गरेको छैन अहिले सम्म।

  •  0 Reply
  • Tularam

    March 28, 2020, 6:31 a.m.

    News पढ्दा ठिकै लाग्छ तर dubai पनि कति company दैनिकी काम गराइ राखेको सुन्नमा आयको छ lockdown limit area मात्रै हो कि जस्तो लगिराछ ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया