औषधी लिन नेपाल एअरलाइन्स ४ पटक चीन जाँदै,  पहिलो उडान आज

 चैत १५, २०७६ शनिबार ७:५७:१४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - नेपाल एअरलाइन्सको जहाज आज चीन जाँदैछ । सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जान लागेको हो ।

औषधी र अन्य मेडिकलजन्य सामग्री बोकेर जहाज आजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने छ । जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याउने छ ।

जहाजमा नेपाल एअरलाइन्सका बाहेक अरु कर्मचारी नरहने अपरेसन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले जानकारी दिनुभो । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहनेछन् । स्वास्थ्य मन्त्रालय र नीजि क्षेत्रका प्रतिनिधि जहाजमा नरहने उहाँले बताउनुभयो ।

यस्तै नेपाल एअरलाइन्सले चीनमा थप ३ वटा उडान गर्ने भएको छ । एअरलाइन्सले अप्रिल २, ३ र ४ तारिखमा पनि चीन जाने तयारी गरेको छ । अपरेशन विभागका प्रमुख जुहार्चनका अनुसार अप्रिल २ तारिखमा पनि जहाज ग्वान्झाउ नै जाने भएको छ ।

अप्रिल २ तारिखको उडानको लागि ९० प्रतिशत तयारी पूरा भैसकेको उहाँले जानकारी दिनुभयो । यस्तै अप्रिल ३ मा पनि ग्वान्झाउ र ४ तारिखमा कुम्निङमा चार्टडको तालिका रहेको उहाँले बताउनुभयो ।

अप्रिल २,३ र ४ तारिखका सबै उडान नेपाली नीजि क्षेत्रले चार्डर गरेका हुन् । तीनवटै उडानमा नेपाल वाइडवडी जहाजको प्रयोग हुनेछ । जहाजमार्फत नीजि क्षेत्रले नेपाललाई चाहिने मेडिकलजन्य र अन्य अत्यावश्यक सामग्री ल्याउन  लागेका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • Mandira

    March 28, 2020, 1:03 p.m.

    I am very happy to read the updates. We were at the roof top this afternoon and wondering where the Nepal Airline plane was going. Thank you for detail information on this article.

  •  0 Reply

तपाईको प्रतिक्रिया