कोरोना भाइरसविरुद्धको कोषमा धोनीले १ लाख रुपैयाँ दिएको समाचार गलत

 चैत १५, २०७६ शनिबार ९:५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरसविरुद्धको अभियानमा भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले दिएको १ लाख रुपैयाँको समाचार गलत रहेको पुष्टि भएको छ ।

उनकी श्रीमती साक्षी धोनीले धोनीले कुनै पनि सहयोग नगरेको प्रष्ट पारेकी छिन् ।

साथै उनले गलत खबर सार्वजनिक गर्नेलाई कारबाही गर्न माग गरेकी छिन् । भारतीय केही सञ्चारमाध्यमले सचिन तेन्दुलकर र सौरभ गांगुलीले ५० लाख सहयोग गरेको समाचारसँगै धोनीले १ लाख सहयोग गरेको बताएका थिए ।

त्यसपछि सामाजिक सञ्जालमा वार्षिक ८०० करोड कमाउनेले जम्मा १ लाख दिएको भन्दै धोनीको मजाकमा उडाइएको थियो । तर, धोनीकी श्रीमती साक्षीले ट्वीटर मार्फत खबरको खण्डन गरेकी हुन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया