कोरोना जाँचको लागि नमुना लिन नेपालगञ्ज गएको नेपाल एअरलाइन्सको जहाज दुघर्टनामा

 चैत १५, २०७६ शनिबार १३:१०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोनाको शंका लागेका बिरामीको स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल वायुसेवा निगमको जहाज दुघर्टनामा परेको छ ।

नेपालगञ्ज विमानस्थलमा वाइ १२ जहाज अवतरणको क्रममा विमान चिप्लेर घाँसे मैदानमा पुगेको छ । दुघर्टनामा मानवीय क्षति नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा सामान्य क्षति पुगेको छ ।

अब स्वाबको नमुना लिन नेपाल एअरलाइन्सकै अर्को जहाज नेपालगञ्ज पठाउने तयारी रहेको अपरेसन विभागका प्रमुख दिपु जुहार्चनले जानकारी दिनुभयो । धनगढी, नेपालगञ्ज दाङ लगायतका पश्चिम क्षेत्रमा कोरोनाको आशंकामा शंका गरिएको विरामीको नमुना लिन जहाज नेपालगञ्ज गएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया