तापक्रम बढेपछि चल्न थाल्यो हावाहुरी, प्रदूषण कम हुँदा खुल्यो मौसम

 चैत १५, २०७६ शनिबार १५:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शुक्रबार रातिदेखि देशका धेरै ठाउँमा हावाहुरी चलेको छ । 

गएरातिको वर्षापछि मौसम सफा रहेको र तापक्रम पनि बढेकाले हावाहुरी चलेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार तापक्रम बढ्दा स-साना भूमरी बन्ने गर्छ । प्रि-मनसुनको समय भएकाले पनि हावाहुरी चलेको उहाँले बताउनुभयो । 

आज काठमाण्डौको तापक्रम बढेर २७ डिग्री सेल्सियस पुगेको छ । यस्तै कोरोना भाइरसको जोखिमपछि भएको ‘लकडाउन'ले काठमाण्डौमा प्रदूषण समेत कम भएको छ । प्रदूषण कम हुँदा मौसम समेत छ्याङग उग्रेको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया