भक्तपुरमा दैनिक पाँच घण्टा बजार खुल्यो, ‘लकडाउन’ उल्लङ्घन

 चैत १५, २०७६ शनिबार १८:४९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुर नगरपालिकामा सरकारले घोषणा गरेको ‘लकडाउन’ को उल्लङ्घन भएको छ । बिहान र अपराह्नदेखि भक्तपुर बजार क्षेत्रमा मानिसको बाक्लो भिड लाग्ने गरेको छ । 

भक्तपुर नगरपालिकाले खाद्यान्न, तरकारी एवं अत्यावश्यक सामान खरिदको लागि नगर क्षेत्र भित्र हरेक दिन बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म समय निर्धारण गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो  । 

नगरपालिकाले टौमढी, गहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलविनायकमा बजार व्यवस्थापन गरेको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नहोस् भनेर नगरपालिकाले बाहिर निस्कँदा तोकिएको ठाउँमा अर्को व्यक्तिसँग एक मिटरको दूरी कायम गरी सामान खरिद गर्न आह्वान गरेको  छ । 
नगरपालिकाले एक मिटरको दुरी कायम गर्ने गरी चूनले पसल र मानिस उभिने ठाउँको रेखाङ्कन गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो । 

नगरपालिकाले यस्तो व्यवस्था गरे पनि स्थानीय बासिन्दाले भने अटेर गर्दै बजारमा भिड गर्ने गरेका छन् । कमलविनायकका बासिन्दा बिकल श्रेष्ठले बिहानैदेखि कमलविनायकको गणेश मन्दिरमा घुम्न आउनेले घण्ट बजाउने गरेको बताउँदै सङ्क्रमित व्यक्तिले घण्ट बजाए धेरैमा संङ्क्रमण फैलिने बताउनुभयो ।
भक्तपुरको बजार क्षेत्रमा पनि बिहान र बेलुका हिँड्नेहरु बाक्लै हुने गरेको स्थानीयको भनाइ छ । पसलमा सामान बिक्री गर्नेदेखि सामान किन्नेसम्मले सामान्य सुरक्षाको व्यवस्था गरेको नपाइएको स्थानीय श्यामसुन्दर मचामासीले बताउनुभयो । प्रहरीले कडाइ नगरेको उहाँको आरोप छ । 

नगरपालिकाले भने आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न र घरबाट बाहिर ननिस्कन माइकिङ गरेको र भक्तपुर नगरपालिकाको मूल सडक, लिवाली आवास क्षेत्र र च्याम्हासिंहदेखि जगातीसम्मको सडक लगायतका क्षेत्रमा कीटनाशक औषधि छरेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • b

    March 28, 2020, 8:04 p.m.

    महा संक्रमण को डर छ र देश पुरै लक्डाउन मा छ एस्को अर्थ यो हैन कि मानिस रासन पानी पनि नखाइकन घर मै भोक भोकै मरुन ।निस्चय नै निस्चित दुरि बनाएर के हि समय को लागि दैनिक उओभोग्री बस्तु किन्न आम सर्बसाधार्न ले पाउनु पर्छ न कि पास को पहुँच भएर तिल लाई पहाड बनाएर समाचार सम्प्रेषण गर्नेहरु लाई जस्तो जथाभावी छुट.......

  •  0 Reply

तपाईको प्रतिक्रिया