खाली सडकको सदुपयोग, 'रोड मार्किङ' सुरु

 चैत १५, २०७६ शनिबार १९:५०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकका विभिन्न सडकमा ‘रोड मार्किङ’ गर्न थालिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको योजना अनुसार  ‘ओभर ले’ (कालोपत्र थप्ने काम) गरिएको काठमाण्डौका विभिन्न सडकहरूमा शनिबारदेखि रोड माकिर्ङ सुरू गरिएको हो ।

कोरोना (कोभिड १९) भाइरसको जोखिमलाई मध्यनजर गर्दै कम जनशक्ति राखेर काम गर्न थालिएको डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख कुबेर नेपालीले जानकारी दिनुभयो । स्वास्थ्यको ख्याल गर्दै खाली सडकको सदुपयोग गरेको उहाँले बताउनुभयो । डिभिजनले उपत्यकाका मुख्य र सहायक सडकमा आवधिक मर्मत गरिरहेको छ ।

पछिल्लो समय काठमाण्डौ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडक बाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको छ ।

देश ‘लकडाउन हुनुभन्दा केही समयअघि काठमाण्डौको सोह्रखुट्टे–बालाजु सडकखण्ड, ललितपुरको पुल्चोक लगायत उपत्यकाका तीनै जिल्लामा खाल्डा पुर्ने र ‘ओभर ले’ को काम भइरहेको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया