च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
रुपन्देही – प्रदेश ५ मा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको आशङ्का गरिएका २३ जनाको रिर्पोट ‘नेगेटिभ’ आएको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार ३६ जनाको ‘स्वाब’ परीक्षण गरिएकोमा २३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बाँकी १३ जनाको परीक्षणको रिर्पोट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको आशङ्का गरिएका ५२ जनामध्ये ३६ जनाको स्वाबको परीक्षण गरिएको हो । कोरोनाको आशङ्का गरिएका २९ जनालाई भने आइसोलेशनमा राखेर उपचार गरिरहेको महाशाखाले जनाएको छ ।
बुटवलको धागो कारखानामा रहेको आइसोलेशन अस्पतालमा आठ जना , बाँकेमा रहेको अर्बुद रोग अस्पतालमा १० जना , दाङको बेलझुण्डीमा दुई जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना, तौलिहवा अस्पतालमा तीन जना र बर्दियामा एक जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।
हवाई सेवा बन्द भएका कारण अस्पतालहरुले स्वाब सङ्कलन गरी एम्बुलेन्समार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउनु पर्दा रिर्पोट आउन ढिला हुने गरेको महाशाखा प्रमुख डाक्टर उमाशशङ्कर चौधरीले बताउनुभयो ।
प्रदेश ५ मा कोरोनाको नमुना स्वाब सङ्कलन गर्न १७ जना मात्रै दक्ष स्वास्थ्य प्राविधिकहरु रहेको महाशाखाले बताएको छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।