भारतीय क्रिकेट बोर्डले कोरोनाविरुद्ध लड्न ५१ करोड सहयोग गर्ने

 चैत १६, २०७६ आइतबार ११:३१:७ | एजेन्सी

काठमाण्डौ – कोरोना भाइरसविरुद्धको अभियानमा खेलाडी तथा खेल सङ्घहरुले आ–आफ्नै तरिकाले सहयोग गर्ने घोषणा गरेका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पनि कोरोना भाइरस (कोभिड १९) विरुद्धको अभियानमा ‘पीएम–केयर्स–फण्ड’ मा ५१ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, बोर्डका पदाधिकारी र अन्य राज्य सङ्घले शनिबार प्रधानमन्त्री सुरक्षा कोषमा ५१ करोड भारतीय रुपैयाँ जम्मा गरेका हुन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म एक हजार २९ जनामा सङ्क्रमण देखिएको छ भने २५ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया