भारतमा ‘लकडाउन’ : दिल्लीबाट मध्य प्रदेशको मुरैना पुग्न पैदल हिँडेका युवकको बीच बाटोमै ज्यान गयो

 चैत १६, २०७६ आइतबार १४:११:२३ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – भारतमा ‘लकडाउन’ पछि ३९ वर्षीय रणवीर सिंह दिल्लीबाट मध्य प्रदेशको मुरैना आफ्ना घर जानका लागि पैदल निक्लिए । तर घर पुग्नुअघि बाटोमै उनको ज्यान गयो । 

टाइम्स अफ् इण्डियाका अनुसार दिल्लीको एक निजी रेस्टुरेन्टमा होम डेलिभरी म्यानको रुपमा काम गर्ने रणवीरको दुई सय किलोमिटर हिँडेपछि आगरामा ज्यान गएको हो । 

तीन बच्चाका बुवा रणवीर दिल्लीदेखि नै पैदल मध्य प्रदेश गइरहेका थिए । प्रहरीका अनुसार रणवीर पैदल जाँदै गर्दा नेशनल हाइवे–२ को कैलाश मोडमा बेहोस भएर लडेका थिए । 

सिकन्दरा पुलिस स्टेशनका हाउस अफिसर अरविन्द कुमारले भने, ‘रणवीर सडकमा बेहोस भएर लडेपछि स्थानीय एक व्यापारीले उनलाई उठाएर खाटमा सुताएर उनको लागि चिया र बिस्कुट लिएर आएका थिए । तर रणवीरले छातीमा पीडा भएको बताए र आफ्नो सालोलाई फोन गरेर आफ्नो अवस्थाको बारेमा बताए साँझ साढे ६ बजेतिर उनको ज्यान गयो ।’

प्रहरी अधिकारीका अनुसार पोस्टमार्टमा रिपोर्टमा हृदयघातका कारण उनको ज्यान गएको बताइएको छ । 

२१ दिनको देशव्यापी लकडाउनका क्रममा ठूलो सङ्ख्यामा प्रवासी मजदुरहरु पैदलै आफ्नो घर गइरहेका छन् ।   

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया