‘लकडाउन’ उल्लङ्घन गर्ने १७ सय जनालाई सम्झाएर छाडियो

 चैत १६, २०७६ आइतबार १७:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका १७ सय जनालाई प्रहरीले सम्झाईबुझाई छाडेको छ । 

उनीहरुलाई अबदेखि सडकमा नहिँड्न भन्दै सम्झाएर छाडिएको हो । 

आइतबार दिउँसोसम्म काठमाण्डौबाट ‘लकडाउन’ उल्लङ्घन गर्ने १७ सय २ जनालाई पक्राउ गरी तीन घण्टापछि छोडिएको प्रहरीले जनाएको छ । 

यस्तै 'लकडाउन' उल्लङ्घन गर्ने १ सय ७५ वटा गाडी पनि कारबाहीमा परेका छन् । एक सय ७२ वटा दुई पाङ्ग्रे र ४ वटा चार पाङ्ग्रे गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले 'लकडाउन'को घोषणा गरेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया