दैलेख सदरमुकाममा कीटनाशक छरियो

 चैत १६, २०७६ आइतबार १९:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नारायण नगरपालिकाले दैलेख सदरमुकाममा क्लोरिन नामक औषधि छर्न सुरु गरेको छ ।

सदरमुकामको तर्ताङ्गदेखि भैसेखोरसम्म मूल सडक क्षेत्रमा औषधि छरिएको नारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिनुभयो । 

नारायण नगरपालिकाको दमकलको सहायताले कीटनाशक छरिएको उहाँले बताउनुभयो । 

दैलेखमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्म, प्रहरी र नारायण नगरपालिको स्वास्थ्यकर्मी टोलीको सहभागितामा औषधि छरिएको हो । यसअघि सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा निर्माण गरिएको आइसोलेशन अस्थायी अस्पतालमा शनिवार क्लोरिन छरिएको थियो ।  

कोरोनाको संक्रमण फैलिन नदिन सडक सुविधा पुगेका अरु बस्तीहरुमा पनि औषधि छर्ने योजना रहेको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया